अहिले नेपालमा हरेक महिना जस्तो बलात्कारको घटना बाहिर आइरहेको छ । यहिनै मिडियाहरुको प्रमुख बिषय बनिरहेको छ । बलात्कार पछि हत्या भएकी १३ बर्षिया बालिका निर्मला पन्तको फोटो सेयर तथा कमेन्ट गरेर सामाजिक संजालमा आक्रोस पोख्ने क्रम निरन्तर जारी छ ।

वास्तविक कुरालाई तोडमोड गरेर प्रहरीले प्रस्तुत गर्यो, आन्दोलन तथा बिरोधका कार्यक्रम चर्किए, गोलि चल्यो, निर्दोस व्यक्तिले ज्यान गुमाए । के सरकार तथा प्रहरी प्रशासनको काम घटनालाई तोडमोड गर्ने, अपराधीलाई प्रोत्साहन गर्ने, गोलि चलाउने मात्रै हो ? किन सरकार तथा पुलिस-प्रशासनले वास्तविक अपराधीलाई पत्ता लगाएर स्थानीयलाई विश्वासमा लिन सक्दैनन् ? के गरिरहेको छ सीआइबी ?

हाम्रो छिमेकि मुलुक भारतमा दिनहुँ जसो यसै प्रकृतिका घटना बाहिरी रहन्थियो । कयौं घटना यस्ता देखिए जुन अमानवीयताको पाराकास्ट थिए । केहि बर्ष यता हाम्रो देशमा पनि अमानवीय लाग्ने बलात्कार तथा हत्याको घटनाहरु सार्वजनिक भैरहेको छन् । केहि दिन अघि सिधा कुरा जनतासंगका कार्यक्रम संचालक रबि लामिछानेले नेपालमा नामचलेका भारतीय प्राध्यापकले छोरी समानको बिद्यार्थीलाई ब्ल्याकमेल गरि योन शोषण गरेको घटना बाहिर गरे ।

विश्वासमा अनेकौं घटना दिन प्रतिदिन घटी रहन्छन तर हरेक देशको सरकारले यसरी नै कारवाही लुकाऊदैनन् । हाम्रो देशमा अहिले दुई-तिहाई बहुमत प्राप्त सरकार छ, विश्व समू नचलाएको नेपाली पुलिस छ, रमेश खेरल, सर्वेन्द्र खनाल जस्ता प्रहरी प्रमुख छन्, कमि छ त केवल तत्परता र इमान्दारिताको ।

आफ्नो नाबालक छोरीको बलात्कार पछि हत्या गरिएपनि महिनौं बितिसक्दा पनि अपराधी पत्ता नलागे पछि लाचार बाबु धर्नामा बसे । तर छोरीको बलात्कारी तथा हत्यारा पत्ता लगाउन सरकार, पुलिस-प्रसाशनले जमर्को देखाएन बरु छोरीको लागि न्याय माग्दा लाचार बाबुले आफ्नो मानसिक सन्तुलननै गुमाउनु परेको छ | अहिले उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ | उनले ‘असामान्य व्यवहार’ देखाई रहेका छन् भने उनलाई ज्वरो आएको र मुटुको चाल पनि सामान्य अवस्था भन्दा बढी देखिएको खबर प्राप्त भएको छ ।

यसरी महिनौ बित्दासम्म घटनाको राम्रो छानबिन हुँदैन साथै सरकार र प्रसाशन घटना प्रति मौन भएको देख्दा कहिले कहिँ लाग्छ कतै तिमी गलत देशमा जन्मिन पुगेछौ कि निर्मला ?