भाडा माझेर डाक्टर भएकी भावनाको कथा, एकपटक अवश्य पढ्नुहोस र सम्मान स्वरुप सक्दो सेयर गरौं

डाक्टर भावना, नमस्ते ।’ चप्पल, जिन्स पाइन्ट र निलो टिसर्ट लगाएर बौद्धगेटमा सिमसिमे पानीमा रुझ्दै उभिरहेकी उनलाई मैले नमस्कार गरेँ । उनले पुलुक्क हेरिन् र लगत्तै मुस्कुराउँदै नमस्कार फर्काइन् । बौद्ध स्तुपाको नजिकै दक्षिणमा रहेको खाजाघरको तेस्रो तलामा उक्लियौँ, हामी । जोरपाटी बस्दै आएकी उनको अनुहारमा कुनै मेकअप थिएन । ‘नेचुरली ब्युटी’ थिइन्, उनी । तर, दाँतलाई भने टम्म तारले बाँधेकी थिइन् । ‘डेन्टिस्ट’ बनेपछि आफ्नो दाँतको आफैंले उपचार गर्नु भएको हो ?’ मैले उनलाई सोधेँ । हाँस्दै भनिन्, ‘होइन नि, आफैँले त गाह्रो हुन्छ । दाँत पूरै पूर्वपश्चिम, उत्तरदक्षिण फर्किएको थियो । यसलाई मिलाएकी मात्रै,’ उनको हाँसोले कोठा थर्कियो ।

हाँस्दा उनको मुहार चम्किएको थियो । म चाहन्थेँ, उनले जीवनका तमाम गल्छेंडाहरूको कथा यसैगरी हाँसेरै सुनाउन् । ‘हामी पत्रकार, खासमा दुःखमा साथ दिनभन्दा दुःखका खाटाहरूलाई कोट्याउँछौँ मात्र,’ मैले सुस्तरी भनेँ । उनी तुरुन्तै गम्भीर भइन् । ‘पत्रकारिता त्यस्तै मात्रै त होइन होला है ?’ उनले हाँस्दै भनिन् । हामीले अर्डर गरेको खाजा आइपुग्यो । खाँदै गफिन थाल्यौँ । बाहिर पानी दर्किरहेकै थियो । झ्यालबाट विमानस्थल छेउको डाँडा देखिन्थ्यो । बाँकी सबै सिमेन्टीको जंगल । त्यही सिमेन्टीको जंगलमा अनगिन्ती दुःख र अभावका भेलबाढी बेहोर्दै हुर्केकी थिइन्, उनी । यो शहरमा दुःख के हो ? भोक कस्तो हुन्छ ? अभाव के हो ? पुस, माघको जाडो कस्तो हुन्छ ? सबै उनले पनि बेहोरेकी थिइन् ।

आमाको पछिपछि

‘हाम्रो खास घर सिन्धुपाल्चोक ज्यामिरेमा हो रे,’ उनले आफ्ना कथाहरू भन्न शुरु गरिन् । २४ वर्षअघि उनी काठमाडौंमै जन्मिइन् । उनीपछि दुई वटी बहिनीहरू जन्मिए । बाबु ज्यामी काम गर्थे । आमा (मीना तामाङ) अरूको घरमा काम गर्थिन् । बौद्ध नयाँबस्ती क्षेत्रका कयौं घरमा उनकी आमाले भाँडा माझेकी छिन्, लुगा धोएकी छिन्, भारी बोकेकी छिन् । गल्ली गल्लीमा अरूको रक्सी बोकेर पुर्‍याएकी छन् ।

सानोमा उनी पनि कयौंपटक आमाको पछिपछि हिँडेकी छिन् । ‘एक जर्किन रक्सी पुर्‍याएवापत आमाले पाँचदेखि १० रुपैयाँसम्म पाउनुहुन्थ्यो,’ उनले झ्याल%