देवतालाई ढोका बन्द गरेर भित्र पस्न नदिएको भन्दै देवरले भाउजुलाई निर्धात कुटपिट गर्नुका साथै घरमा आगो लगाइ दिएका छन् ।लक्ष्मीनिया गाउँपालिका- २ की परमशिला यादवमाथि उनका आफ्नै देवर विपिन यादवले निर्घात कुटपिटपछि घरमा आगजनी गरेका हुन् ।विपनले दाईको घरमा आगो लगाइ दिएपछि लाखाैंको सम्पत्ति जलेर नष्ट भएको छ । विपिनले शनिबार राति घरमा कुलदेवताको पूजा (बैसकी) गरेका थिए ।

त्यतिबेला उनले भाउजु परमशिलालाई घरको मुलढोका खुल्ला राख्न भनेका थिए ।तर परमशिलाले श्रीमान घरमा नभएको ढोका खुल्ला राख्न नमानेपछि घरको देवतालाई थुनेर राखेको भन्दै विपिनले परमशिलामाथि निर्घाट कुटपिट गरेको स्थानीयको भनाई छ ।

परमशिलाको श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा छन् ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले घरायसी विवादमा झगडा भएको खबर पाएपछि घटनास्थल पुगेर विपिनलाई नियन्त्रणमा लिएको जानकारी दिए । घरमा आगो लगाएको बारे समेत अनुसन्धान भइरहेको कुशवाहाले जानएका छन् ।

देवतालाई ढोका बन्द गरेर भित्र पस्न नदिएको भन्दै देवरले भाउजुलाई निर्धात कुटपिट गर्नुका साथै घरमा आगो लगाइ दिएका छन् ।लक्ष्मीनिया गाउँपालिका- २ की परमशिला यादवमाथि उनका आफ्नै देवर विपिन यादवले निर्घात कुटपिटपछि घरमा आगजनी गरेका हुन् ।विपनले दाईको घरमा आगो लगाइ दिएपछि लाखाैंको सम्पत्ति जलेर नष्ट भएको छ ।विपिनले शनिबार राति घरमा कुलदेवताको पूजा (बैसकी) गरेका थिए ।