घटना स्थलमा १० जनाको शव निकालि सकिएको छ’ डडेलधुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले भन्नुभयो, ‘ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ ।’ उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेलधुरा पुर्‍याइएका मध्ये ६ जनालको मृत्यु भएको पनि केसीले जानकारी दिनुभयो । बस खोलाको खोंचमा खसेका कारण मृत्यु हुनेको संख्या यकिन हुन सकेको छैन । दुर्घटनामा कति पुरुष र महिलाको मृत्यु भयो भन्ने समेत अझै यकिन हुन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायव उपरीक्षक केसीका अनुसार सवै विवरण आउन अझै केही घण्टा पर्खनु पर्नेछ । रातिको समयमा बस खोलाको खोंचमा खसेका कारण उद्धारमा समेत कठिनाई भइरहेको उद्धारमा संलग्न सुरक्षाकर्मीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार उग्रतारा जात्रा हेरेर फर्कंदै गरेको से १ क २९३ नम्बरको स्कूल बस सडक देखि ३ सय मिटर तल खसेको हो । डोटीको शिखर नगरपालिका बांन्डुग्रीसैनमा रहेको पिसजोन एकेडमीको उक्त बस डडेलधुराको उग्रतारा मन्दिरमा बिहीबार जात्रामा सहभागी भएर फर्कंदै गरको अवस्थामा दुर्घटना भएको हो । विद्यालयको बस भएपनि जात्रामा सहभागी हुन आएका स्थानीय रहेका थिए । सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी सुरज केसीले घटनामा घाइते मध्ये ७ जनाको अवस्था अझैपनि गम्भीर रहेको बताउनुभयो । डीआइजी केसीले भन्नुभयो, ‘घटनाको विस्तृत विवरण अझै आइसकेको छैन ।’ दुर्घटना डडेलधुराको अमरगढी नगरपालिका रडुवा खोला पुग्नु अगावै भीरबाट खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका सबै सुदूरपश्चिमको सबै भन्दा ठूलो धार्मिक जात्रा उग्रतारा मेलामा सहभागी भएर फर्किएका हुन् ।
डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको बस दुर्घटनामा परेको बुझिएको छ । बिहीवार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ। मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको बुभिएको छ । बसमा करिब ३० जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको जनाइएको छ ।बिहीवार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । मेला सकेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

बसमा करिब ४० जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ ।

घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भैरहेको उनले बताए । मृत्यु हुनेमा धेरै बालबालिका रहेको र मृतकको संख्या बढ्न सक्ने डिएसपी केसीले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपीको नेतृत्वमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् ।