काठमाडौं । राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पुर्नस्थापना हुने खतरा भएको औंल्याएको छ । उसले त्यसप्रति सबै सचेत हुनुपर्ने बताएको छ ।
उक्त पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको गम्भिर आरोप लगाए ।

उनले भने,‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् । र, भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्यँतिने खतरापनि उत्तिकै छ । संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन् ।’

कार्यक्रममा पार्टीको अवधारणापत्र अध्यक्ष केसीले वाचन गरेका थिए । कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी एकजुट भएर जानुपर्ने बताए । रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उनले भने,‘त्यसको लागि संयुक्त कार्यक्रम बनाएर जानुपर्छ ।’

‘घरमा सबैलाई पुग्ने चामल नै छैन भने महंगो कसौंडी किन किन्ने ?’ – माग्ने बुढा

छिल्लो समय राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने कुराले सामाजिक सञ्जाल तातेको छ । राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने कुरालाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा तर्कवितर्कहरु भईरहेका छन् ।यसै सन्दर्भमा नेपाली कक्षा क्षेत्रमा लागेका कलाकर्मीहरुले पनि विभिन्न टिकाटीप्पणीहरु गरिरहेका छन् ।

केहिदिन अघि राजनीतिकर्मी तथा नायिका रेखा थापाले राष्ट्रपतिलाई महिलाको अवस्था सोध्दै दमदार प्रश्न गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिईन् ।यस्तै क्रममा आज फेरी अर्का कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले पनि यसको विरोधमा स्टाटस लेखेका छन् ।केदारले आफ्नो फेसबुक पोस्टमा गाडीलाई कसौँडीको संज्ञा दिएका छन् । केदारले लेखेका छन्,

‘घरमा सबैलाई पुग्नेचामल नै छैन भने महंगो कसौंडी किन किन्ने ? #बिलासी_गाडी’