काठमाडौँ- काठमाडौँको पेप्सीकोला मनोहरा पुलनजिकै एक ट्याक्सी चालक माथि कात्तिक २४ गते राति १ बजे खुकुरी प्रहार भएको जानकारी प्राप्त भएको छ।

अज्ञात समुहले खुकुरी प्रहार गरि घाईते बनाइएका ट्याक्सी चालक भरत बहादुर मल्ल रहेका छन् । कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ६ काब्रा घर भएका उनी हाल ललितपुर इमाडोलमा बस्दै आएका थिए।लामो समयदेखि ट्याक्सी चलाएर जिबिकोपार्जन गर्दै आएका उनी माथि खुकुरी प्रहार भएपछि अस्पतालमा उपचाररत छन्। गम्भीर घाइते भएका उनको टाउकोमा १ सय २० ओटा टाँका लगाईएको छ।

सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेज ‘केएमसी’ मा भर्ना गरिएका उनको शारिरको विभिन्न भागमा गम्भिर चोट पनि लागेको छ। घटना कात्तिक २४ गते भएको भएता पनि उनी माथि खुकुरी प्रहार गर्ने समूह पक्राउ हुन सकेको छैन।

रातीको समयमा ट्याक्सी यात्राका लागि भन्दै मल्ललाई अज्ञात समूहले एकान्तमा लगेको थियो। एकान्तमामा लगेर खुकुरी प्रहर गरिएको बुझिएको छ।