मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आजको दिन तपाईको आनन्दपुर्वक रहने देखिन्छ। आज तपाईलाई निर्यात-आयात सम्बन्धी कार्यमा सफलता मिल्न सक्ला भने आज तपाईलाई घर-जग्गा सम्बन्धी कार्यमा समेत लाभ मिल्न खासै गार्हो नहोला। आज अध्ययनमा मान जानेछ। सामाजिक कार्यमा सफलता मिल्नाले तपाईमा कान्ति समेत बढेर जाने देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आजको दिनमा तपाईलाई कलाको क्षेत्रमा भने जस्तै लाभ मिल्न सक्ला। अध्ययनमा पनि सफलता मिल्न सक्ने आजको दिनमा तपाईलाई कहिको यत्र गर्ने अवसर समेत मिल्ने देखिन्छ। उपहार समेत मिल्न सक्ने आजको दिनमा प्रेम सम्बन्धले समेत नयाँ रुप लिने देखिन्छ। पर्यटकीय ठाउंमा यात्रा रहने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आज तपाई अचल सम्पत्ति किन्दा संयम रहनु पर्ने देखिन्छ भने आज धातु सम्बन्धि कारोबारमा समेत ध्यान दिनु होला। आज तपाईको राजनैतिक जीवन पनि खासै उपलब्धिमुलक नहुने देखिन्छ। चिसो र खाँटीको कारणले गर्दा तपाईंको स्वास्थ्य प्रभावित हुनेछ। मानसिक चिन्ता अनुभव हुनेछ। अचानक धन खर्च हुने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आजको दिन तपाईको लागि मध्यम फलदायी रहन सक्ला। आज तपाईलाई आर्थिक समस्याले सताउन सक्ने देखिन्छ भने आज तपाईको परिवारमा सम्बन्ध बिग्रन सक्ने हुँदा सजक रहनु पर्ने देखिन्छ। तर आज तपाईलाई तपाईको स्वास्थ्यले भने साथ दिन सक्ला। आज तपाईको यात्रा सफल रहन सक्ला तर आज बोलीमा भने नियन्त्रण राख्नु होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

आजको दिन तपाईको लागि मध्यम फलदायी रहन सक्ला। आज तपाईलाई आर्थिक समस्याले सताउन सक्ने देखिन्छ भने आज तपाईको परिवारमा सम्बन्ध बिग्रन सक्ने हुँदा सजक रहनु पर्ने देखिन्छ। तर आज तपाईलाई तपाईको स्वास्थ्यले भने साथ दिन सक्ला। आज तपाईको यात्रा सफल रहन सक्ला तर आज बोलीमा भने नियन्त्रण राख्नु होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आज तपाईको ठुली व्यक्तिहरुसंग हुने मतभेदका कारण आर्थिक घाटा पुग्ने देखिन्छ। अत्यधिक सोचको कारण मानसिक विकारको अनुभव गर्नुहुनेछ। पेटमा समस्याहरु आउने देखिन्छ। आज विद्यार्थीहरूको लागि लाभदायक दिन हो। आजको समय यात्राको लागि उपयुक्त छैन। मान्-सम्मानमा ध्यान दिनुहोला ।आज बोलीमा नियन्त्रण राख्नु होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आज तपाईको शरीरमा थकान साथै अस्वस्थताको अनुभव रहन सक्ला। साथै आज तपाईलाई बिना कारण चिन्ता समेत बढेर जाने देखिन्छ। आज तपाईको मान-हानी नहोस भन्नको लागि तपाईले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ। साथै आज तपाईको बोलीको गलत अर्थ लाग्न सक्ने हुँदा सजक रहनु होला। आज तपाईले आफ्नो खान-पानमा समेत ध्यान दिनु होला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आज दिनमा तपाईलाई हर-हिसाबमा लाभ मिलेर जाने देखिन्छ। आज बोलिमा प्रभाब बढेर जाँदा तपाईको समाजमा मान-प्रतिष्ठा बढ्ने योग रहेको छ। आज परिवारमा खुशीको माहोल हुनेछ भने प्रेमी प्रेमिका बीच सम्बन्ध पनि राम्रो भएर जानेछ। आज तपाई शारीरिक तथा मानसिक रूपले उत्साहित रहनु हुने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

आज तपाईको यश, कीर्ति र सफलता बढ्न सक्ला। साथै आज भावना र व्यवहारमा मेल नहुँदा भने दुख मिल्न सक्ला। आज यात्रा गर्दा संयम रहनु पर्ने देखिन्छ। आज धेरै समय भेट नभएका व्यक्तिसंग भाते हुँदा मन आनन्दित रहन सक्ला। काममा साथीले सहयोग गर्नेछन्। पैसा उचित काममा खर्च गरिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आज तपाई साथीभाइबाट राम्रै साथ पाउनु हुने देखिन्छ भने आज तपाईको बिछोड भएका व्यक्ति सँग पनि भेट गर्ने अवसर मिल्ने देखिन्छ। अपेक्षित भन्दा अधिक लाभ मिल्ने आजको दिनमा तपाईलाई आर्थिक लाभ पनि मिल्ने देखिन्छ। सरकारी काममा फाइदा मिल्ने देखिन्छ भने राजनीतिक कार्य समेत लाभ मिल्ने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आज तपाईको बोलीको गलत अर्थ लाग्न सक्ने हुँदा सजक रहनु पर्ने देखिन्छ। आज तपाईले कम बोलेकै उचित रहन सक्ला। आज तपाईलाई स्त्री वर्गबाट भने जस्तै सहयोग मिल्ने देखिन्छ। आर्थिक लाभहरूको लागि सम्भावनाहरू राम्रै रहेको आजको दिनमा तपाईले आफ्नो प्रतिष्ठाको भने ध्यान राख्नु पर्ला।आज तपाईले निषेधात्मक कार्य देखि भने टाढा रहनु पर्ने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आज तपाईको सम्पूर्ण अधुरा कार्यहरु सम्पन्न भएर जानेछन। आज तपाईको दैनिकीमा परिवार्ताना आउने देखिन्छ। आज तपाइको मनोरंजनमा दिन व्यतित होला। आज साथीहरुसंग जमघटमा जुट्ने योग रहेको छ। साथै पढाईमा पनि उन्नति हुने देखिन्छ। आज तपाईको दैनिकी कार्यको लागि टाढाको यात्रा तय हुन सक्ने देखिन्छ।
प्रकाशित : सोमबार, कार्तिक २६, २०७५१३:५८