मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलिको दिन तपाईको लागि खासै शुभ नहुने देखिन्छ। थकान, आलस्य र व्यग्रताको कारण अभोलि तपाईको दैनिकी प्रभावित रहनु हुने देखिन्छ। भोलि कुनै पनि काममा मन नलाग्ने देखिन्छ। आफ्नो क्रोध र व्यवहारलाई नियन्त्रणमा राख्न नसक्दा लज्जित हुनुपर्ला। व्यवसायस्थलमा पनि भोलि झगडा हुन सक्ने हुँदा सजक रहनु होला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिकरुपबाट अस्वस्थताको अनुभव गर्नुहुनेछ। भोलि कुनै पनि नयाँ कार्यको थालनी नगर्नु होला। खान-पानमा विशेष ध्यान दिनु होला। स्वास्थ्य बिग्रिने हुँदा सजक रहनु होला। भोलि सम्भव भएसम्म यात्रा स्थगित गर्नु भएकै राम्रो हुनेछ। भोलि तपाईको प्रेमीसँगको सम्बन्ध पनि बिग्रिन सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलिको दिन तपाईको दैनिकी भन्दा केहि फरक हुनेछ। मनोरन्जन र यात्रामा समय व्यतित हुने देखिन्छ। खर्च पनि भोलि उच्च हुन सक्ला। खर्च हुने भएता पनि मन भने शान्त रहनेछ। स्वास्थ्यमा पनि सुधार आउनाले दिन धेरै राम्रो हुन सक्ला। भोलि सामाजिक रुपबाट पनि सम्मान र प्रसंशा मिल्न सक्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलिको दिन तपाईको धेरै आनन्ददायक रहनेछ। परिवारसँग भोलि सुखपूर्वक समय व्यतित हुनेछ। यात्रा पनि सफल हुन सक्ला भने भोलि आर्थिक यात्रा पनि राम्रै हुने देखिन्छ। धार्मिक कार्यमा मात्र नभई सामाजिक कार्यमा पनि रुची बढ्न सक्ला। कार्यालयमा पनि व् वातावरण तपाई अनुरुप हुनाले कार्य फत्ते गर्ने मौका मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलि शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउन सक्ला। धेरै समय देखि भेट नभएका मित्रजनसँग भेट हुँदा मन आनन्दित हुन सक्ला। सृजनात्मकतामा पुरै सुधार हुनेछ। कलाकारहरुको लागि भोलिको दिन धेरै शुभ रहनेछ। परिवारको साथ र सहयोग मिल्नाले हरेक काम फत्ते हुन सक्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलिको दिन तपाई अनुरुप नहुनाले मन विचल्लित हुन सक्ला। विभिन्न कुराहरुले पनि तपाईको मनमा डेरा जमाउन सक्ला। भोलिको दिनमा सम्भव भएसम्म कम बोलेको राम्रो हुनेछ। धार्मिक कार्यप्रतिको लगाभको कारण भने केहि उर्जा मिल्नेछ। भोलि मिहिनेत र दौडधुपले मात्रै काम बन्ने हुँदा थकित महसुस हुन सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलि भाग्यवृद्धि हुने देखिन्छ भने भोलि ठूलै सफलता हात लाग्नाले दैनिकीमा परिवर्तन हुन सक्ला। भोलि परिवारको मात्र नभई शत्रुको समेत सहयोग मिल्नेछ। नयाँ कार्य थालनीको लागि भोलि संयोग जुर्नेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुनेछ। भोलि विदेशबाट तपाईको लागि शुभ समाचार आउन सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलिको दिन तपाईको मध्यम फलदायी हुने देखिन्छ। अनावश्यक खर्च माथि अंकुश लगाउनु भएमा मात्रै आर्थिक समस्या देखि छुटकारा मिल्नेछ। भोलि क्रोधमा मात्र नभई व्यवहारमा पनि नियन्त्रण राख्न आवश्यक देखिन्छ। तर भोलि तपाईलाई स्वास्थ्यले भने पक्कै साथ दिनेछ। यात्राको क्रममा आर्थिक लाभ मिल्न सक्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलिको दिनमा निर्धारित सम्पूर्ण कार्य सम्पन्न हुन सक्ला। आर्थिक रुपमा अड्किएका कार्य फेरी शुरु हुनेछ। स्वास्थ्यले पनि साथ दिँदा शारिरमा उर्जा थपिन सक्ला। वैदेशिक यात्राको सम्भावना पनि रहने भोलिको दिनमा प्रेम जीवन सफल रहनेछ। भोलि भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलिको दिनमा तपाईलाई स्वास्थ्यले साथ नदिने देखिन्छ। चिसोको कारण भोलि तपाई धेरै समस्यामा पर्नु हुनेछ। कसैलेसँग आर्थिक लेनदेन गर्दा पनि संयम रहनु पर्ला। प्रेमीसँगको सम्बन्ध बिग्रिनाले मानसिक रुपमा तनाव रहन सक्ला। आध्यात्मिकताको कारण भने केहि सहजता रहनेछ। अचल सम्पति खर्च हुन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाई बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल हुनुहुनेछ। भोलि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल हुन सकिएका। आर्थिक लाभ पनि राम्रै हुनेछ। काम प्रतिको लगाभ तपाईको व्यवहारमा देखा पर्नेछ। परिवारसँगको सम्बन्ध भने मिश्रित हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि तपाई मेहनतले प्रतिस्पर्धाको दौडमा विजयी हुनुहुनेछ। नौकरी र व्यापार दुवैमा राम्रै सफलता हात लाग्न सक्ला। भोलि तपाईको दिन कानुनी रुपमा पनि धेरै फलदायी हुनेछ। संचित धन खर्च हुने भएता पनि आर्थिक लाभ दुई गुणा हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ।