यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।

लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

कुन ठाउँमा बर्थमार्क हुने व्यक्तिको स्वभाव कस्तो ? यस्तो हुन्छ अर्थ (पढ्नुहोस्)

काठमाडौं, १९ साउन । केही व्यक्तिको शरीरमा जन्ममै केही चिन्ह हुने हुन्छ, जसलाई बर्थमार्क भनिन्छ। यदी तपाईको शरीको कुनै ठाउँमा यस्तो चिन्ह छ भने तपाई दोस्रो व्यक्ति भन्दा भिन्न स्वभावको हुनुहुन्छ। किनकी हरेक चिन्हको अलग अलग संकेत हुने गर्दछ। केही चिन्ह सौभाग्यको हुने गर्दछ भने केही चिन्ह दुर्भाग्यको । आज हामी तपाईलाई शरीरको कुन ठाउँमा भएको बर्थमार्कको के अर्थ हुन्छ भन्ने बारे जानकारी दिदैछौँ।

अनुहारमा बर्थमार्क:अनुहारमा कुनै प्रकारको बर्थमार्क हुने व्यक्ति धेरै बोल्ने र संवेदशील हुने गर्दछन्। यस्ता व्यक्तिलाई धनको कमी हुँदैन्।हातमा बर्थमार्क:यदी कुनै व्यक्तिको बर्थमार्क हातमा छ भने त्यस्ता व्यक्ति परिवारीक हुने गर्दछन्। यस्ता मानिस अधिकांस समय घरपरिवार र बच्चाको राम्रो हेरचाह गर्ने खालका हुने गर्दछन्।ढाडमा बर्थमार्क:ढाडमा बर्थमार्क हुने व्यक्ति ईमान्दारी र खुल्ला विचारको प्रतिक हुने गर्दछन्। यस्ता व्यक्तिले हरेक काम इमान्दारी र मेहनतले गर्ने गर्दछन्।

औँलामा बर्थमार्क:औँलामा बर्थमार्क हुने व्यक्ति स्वतन्त्र जीवन जिउँने खाले हुने गर्दछन्। कसैप्रति निर्भर रहन उनीहरुलाई मन पर्दैन्।पेटमा बर्थमार्क:पेटमा बर्थमार्क हुने व्यक्ति लोभी खालको हुने गर्दछ। यस्ता व्यक्ति आफ्नो बारेमा मात्र सोच्ने खालका हुने गर्दछन्।

गालामा बर्थमार्क

सिधा गालामा बर्थमार्क हुने व्यक्ति मेहनती स्वभावका हुने गर्दछन् भने उल्टो गालामा बर्थमार्क हुने व्यक्ति निराश स्वभावका हुने गर्दछन्।टाउँकोमा बर्थमार्क:टाउँकोमा बर्थमार्क हुने व्यक्ति कयौँ पटक प्रेम सम्बन्धमा पर्ने खालका हुने गर्दछन्।खुट्टामा बर्थमार्क:खुट्टामा बर्थमार्क हुने व्यक्ति निकै सौभाग्यशाली हुने गर्दछन्। यस्ता व्यक्ति आफ्नो हरेक काममा सफलता पाउने खालका हुने गर्दछ।